आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज 'ए'सँग पाँचवटा टी-२० शृंखला खेल्ने तय भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उक्त टी-२० शृंखलाबारे जानकारी दिएको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी अप्रिल २५ देखि उक्त शृंखला आयोजना गर्न लागिएको हो।
आईसीसी टी–२० विश्वकप र ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका क्रममा यतिबेला नेपाली टोली भारतमा छ। प्रिमियर कप खेल्न नेपाली टोली त्यहीँबाट ओमान जानेछ।
भारतमा रहँदा नेपालले गुजरात र बरोडा टीमसँग मैत्रीपूर्ण खेल खेलेको छ।
ओमानबाट फिरेपछि घरेलु भूमिमा नेपालले वेस्ट इन्डिज 'ए'सँग टी–२० शृंखला खेल्ने भएको हो। उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।
240
Shares
प्रतिक्रिया