एसीसी प्रिमियर कप २०२४ अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण ढिला हुने भएको छ।
वर्षाका कारण मैदान चिसो भएकाले टस समेत हुन सकेको छैन।
ओमानको अल अमरेत क्रिकेट मैदान ‘ए’ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुने तालिका थियो। तर वर्षाले टस समेत हुन नसक्दा खेल ढिला सुरु हुनेछ।
यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाली टोली आजको खेलमा हङकङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ।
यदि हङकङ नेपालसँग पराजित भए उसको सेमिफाइनल सम्भावना लगभग सकिनेछ। वर्षाले खेल रद्द भएको अवस्थामा अन्तिम चारको सम्भावना जिवित रहनेछ।
342
Shares
प्रतिक्रिया