एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गरिरहेको छ।
ओमानको अल अमरेट क्रिकेट मैदान एमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।
वर्षाका कारण खेल निर्धारित समयभन्दा १ घण्टा ढिला भए पनि १८ ओभरको खेल सुरु भएको छ।
नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सन्दीप जोरा, गुल्सन झा, करण केसी, सोमपाल कामी, अविनास बोहोरा र ललित राजवंशी छन्।
अहिले हङकङले २ ओभर सकिँदा विना विकेट क्षतिमा १२ रन बनाएर खेलिरहेको छ।
66
Shares
प्रतिक्रिया