एसीसी प्रिमियर कप अन्तर्गत हङकङले नेपाली टोलीसामु जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमरेट क्रिकेट मैदान ए मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १ बल अगावै १ सय १४ रन बनाउँदा अलआउट भयो।
वर्षाका कारण मैदान चिसो हुँदा १ घण्टा ढिला सुरु भएको खेलमा २ ओभर छोट्टाइएको हो।
हङकङका लागि ओपनर अंशी रतले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। २६ बलमा ४ चौका र १ छक्का हानेका अंशु गुल्सन झा को बलमा रन आउट हुन पुगे।
जिसन अली १४ रन बनाउँदा अविनास बोहोराको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।
कप्तान निजाकत खान पनि १२ रन बनाउँदा रन आउट नै भएका थिए। अर्का ओपनर मार्टिन कोट्जे ८ रन बनाउँदा क्याच आउट भए। इसान खान ११ रनमा बोल्ड आउट भए।
नेपालविरुद्ध हङकङका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। नेपालका लागि अविनास बोहेराले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २९ रन दिए।
ललित राजवंशीले २ विकेट झारे। ललितले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे। दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। ऐरिले ५ बलमा २ विकेट लिदा ६ रन दिए। करण केसीको नाममा एक विकेट रह्यो।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares
प्रतिक्रिया