भारतको केरलामा सम्पन्न प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।
शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते भने परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरे।
दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन्। दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएका थिए।
दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दुई दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडी सहभागी थिए।
21
Shares
प्रतिक्रिया