कर्णाली प्रदेशले काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी २० च्याम्पियनसिपमा दोस्रो जित दर्ता गरेको छ।
आइतबार भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले च्यामिपयनसिपमा दोस्रो जित निकालेको हो।
मधेशले दिएको १ सय २१ रनको लक्ष्य कर्णाली प्रदेशले १५.३ ओभरमा ४ विकेटको क्षतिमा, भेटटयो। कर्णालाीका लागि विपिन रावलले सर्वाधिक ४१ रन बनाए। हिमांशु शाहीले नटआउट ३२ रनको योगदान दिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार पारेको थियो।
मधेशका लागि मयन यादवले सर्वाधिक ३६ रनको योगदान दिए। विशाल पटेल ३२ रनमा अविजित रहे।
मधेशलाई सामान्य योगफलमा रोक्न कर्णालीका युनिष ठकुरीले २ विकेट लिए। दिवन पुन र दिपेन्द्र रावतले समान १ विकेट आफ्नो नाममा गरे।
54
Shares
प्रतिक्रिया