नेपाल पुलिस क्लबले काठमाडौमा जारी सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ।
पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले जित निकालेको हो। पहिलो सेट १८–२५ ले गुमाएको पुलिस क्लबले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्दै फाइनल खेल्ने सम्भावना जिवित राखेको छ।
यो खेलसँगै प्रतियोगितामा सहभागी चारै टोलीले फाइनल खेल्ने समीकरण रोमाञ्चक बनेको छ। शुक्रबार हुने राउण्ड रोविनको अन्तिम खेलपछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ।
आजै भएको पहिलो खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो र दोस्रो सेट समान २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमायो।
तेस्रो सेट १३–२५ ले गुमाएको एपीएफले चौथो सेट १४–२५ ले गुमाउन पुग्यो। पाचौँ तथा अन्तिम सेट भने एपीएफले एपीएफले १५–९ ले जित्दै फाइनलमा पुगेको हो।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया