पोखरा स्पोर्टस् अवार्ड २०८० को मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै ४ विधाको मनोनयन सार्वजनिक गरेको हो।
आठौँ संस्करणको वर्ष खेलाडी पुरुषमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्।
वर्ष खेलाडी महिलातर्फ भने भलिबलकी अरुणा शाही, आर्चरीकी अनुश्का शेरचन र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा पर्न सफल भएका छन्।
वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।
उदीयमान खेलाडीमा क्रिकेटकी ज्योत्सिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना, एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन्।
यस्तै वर्ष प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, टेनिसका निरज थापा र भलिबलका रमेश केसी मनोनयनमा परेका छन्।
विधागततर्फका उत्कृष्टले जनही ३५ हजार रुपैयाँ पाउनेछन्।
लाइफटाइम एचिभमेन्ट अवार्ड, उत्कृष्ट खेल संघ र खेल पत्रकारको घोषणा भने अवार्ड समारोहमा नै गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उत्कृष्ट खेल संघ र खेल पत्रकारले समान ३५ हजार रुपैयाँ पाउनेछन्।
पुरुषतर्फ मनोनयनमा परेका अर्जुन कुमालले चौथो संस्करणमा उदीयनमान खेलाडी अवार्ड जितेका थिए। टेनिसका प्रदिप खड्काले छैटौँ संस्करणका विजेता हुन् भने भलिबलकी अरुणा शाही दोस्रो र छैटौँ संस्करणकी उत्कृष्ट खेलाडी हुुन्।
पोखरा स्र्पोट्स अवार्ड आगामी २८ गते हुनेछ।
Shares
प्रतिक्रिया