नेपाल क्रिकेट एशोसियसन (क्यान) ले आईसीसी विश्वकप–२०२४ खेल्न जाने नेपाली टिमलाई बिदाइ गरेको छ।
क्यानले शुक्रबार साँझ होटल सोल्टीमा एक कार्यक्रम आयोजना गरी खेल खेल्न जाने खेलाडीलाई बिदाइ गरेको हो। खेलाडीहरूलाई बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायत पनि होटल सोल्टी पुगेका थिए।
शुक्रबार दिउँसो नेपाली टोलीलाई अमेरिका दूतावासले पनि बिदाइ गरेको थियो। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर लगायतले पनि टोलीलाई बिदाइ गरेको थियो।
१० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेस्ट इन्डिज जानेछ।
वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप ९ स्थानमा ५५ खेल हुनेछ। कुल २८ दिन चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन्। सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ।
विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ।
Shares
प्रतिक्रिया