क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन माग गर्दै बुधबार उनका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
विश्वकप खेल्न जान अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनका समर्थकहरूको एक समूहले बुधबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए। उनीहरूले लामिछानेलाई ‘भिसा दे’ भन्दै नाराबाजी पनि गरेका थिए।
सडकमा एकाएक प्रदर्शनकारीको भिड देखिएपछि सवारी सवारी आवागमनको व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको थियो।
बलात्कार मुद्दामा उच्च अदातलते सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन पहल गरेको थियो।
गत जेठ ९ गते अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो। तर यसको कारण गोप्य राखिएको छ। यद्यपि, उनलाई भिसा दिलाउन सरकारको उच्च तहबाटै पहल भइरहेको भनिएको छ।
Shares
प्रतिक्रिया