नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरमा जारी प्रथम कोसी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा नियमविपरीत सट्टेबाजी गराउने विज्ञापनको प्रयोग गरेको भन्दै अनुबन्धित खेलाडीलाई फिर्ता बोलाएको छ।
प्रतियोगितामा ‘वान एक्स ब्याट’ को विज्ञापन गरेको भन्दै खेलाडी फिर्ता बोलाएको क्यानका एक केन्द्रीय सदस्यले बताए।
बिहीबार क्यानले खेलाडी फिर्ता बोलाएपछि क्रिकेट अम्पायर स्कोरर एसोसिएसन (कुसान) ले पनि अम्पायर फिर्ता बोलाएको छ।
गत जेठ १३ देखि विराटनगर–६ स्थित एमबीजे क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्थानीय ७ क्लब सहभागी छन्। खेलाडी र अम्पाएर फिर्ता बोलाए पनि आयोजकले भने स्थानीय अम्पाएर प्रयोग गरेर प्रतियोगितालाई जारी राखेको छ।
प्रतियोगिता आगामी १९ गतेसम्म हुने तालिका छ।
1.3k
Shares
प्रतिक्रिया