ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबल : महिलातर्फ पुलिस क्लबले उचाल्यो उपाधि (तस्बिर)

प्रधानमन्त्री कप एनभीए भलिबल : महिलातर्फ पुलिस क्लबले उचाल्यो उपाधि (तस्बिर)

उपधिसँगै पुलिस क्लबले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ (तस्बिर : सरोज नेपाल)


लक्ष्मी जि.सी
जेठ २६, २०८१ शनिबार १५:५१, काठमाडौँ

काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ। 

उपधिसँगै पुलिस क्लबले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो भएको एभरेष्ट भलिबल क्लबले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ। 

शनिबार त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा तीन विदेशी खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिस क्लबले उपाधि उचालेको हो। 

फाइनलमा पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको पुलिस क्लबले त्यसपछिका दुई सेट लगातार गुमाउन पुग्यो। 

पुलिस क्लबले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५,२०–२५ पाँचौ तथा अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै लिगको उपाधि उचालेको हो। 

आजै भएको महिलातर्फको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपीएफ क्लब तेस्रो भएको छ। विभागीय डर्वीको खेलमा एपीएफले आर्मीलाई २५–१९, २५–२० र २५–१९ ले हराउँदै तेस्रो भएको हो। तेस्रो भएसँगै एपीएफ क्लबले २ लाख रुपैयाँ प्राप्त गरेको छ। 

पुरुषतर्फको फाइनल खेलमा गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल भिड्नेछन्। लिग चरणमा हेल्प नेपाल गण्डकी प्रदेशसँग ३–२ को सेटमा पराजित भएको थियो। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६  पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गरेका थिए।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्टस् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी थिए। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश सहभागी थिए। 

महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .