ad ad

खेल


शनिबारदेखि काठमाडौँमा एसईई कप

शनिबारदेखि काठमाडौँमा एसईई कप

नेपालखबर
असार ६, २०८१ बिहिबार १३:२५, काठमाडौँ

हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ। यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने विहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन्।

उनका अनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ, जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपिया, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछ।

प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ। कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्।

फागुन, २०८० देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप।गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो। आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं एसइईई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु।’

‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौँ। यसैलाई एसईई कपमा निरन्तरता दिदैछौँ,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन्।

चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .