काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले पहिलो जित दर्ता गरेको छ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो।
नेपालले घरेलु टोलीलाई २५–१६, २५–९ र २५–१० ले पाखा लगाएको हो। जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।
नेपालले अब अंक तालिकाको दोस्रो स्थानमा रहने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। शीर्ष र दोस्रो स्थानका लागि आजै राति कीर्गिस्तान र श्रीलंका खेल्नेछन्।
माल्दिभ्सले भने राउण्ड रोविनका तीनै खेलमा हार भोगेको छ। मालदिभ्सले भने अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीसँग सेमिफाइनल खेल्नेछ।
नेपालले भने पहिलो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।
Shares
प्रतिक्रिया