नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल आइतबार साँझ ५ बजे सुरु हुनेछ।
दिउँसो सवा ३ बजेबाट नै उद्घाटन समारोह हुने भएपनि खेल भने ५ बजे सुरु हुनेछ।
काभा यू–२० महिला भलिबल च्याम्पियन लिगको तयारीमा रहेको नेपाली टोलीले रसियासँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल सोमबार हुनेछ।
नेपालस्थित रसियन दुतावासको सहयोगमा दुई मैत्रीपुर्ण खेल हुन लागेको हो।
काभाअघि रसियन टोलीसँगको खेलले आफूहरुलाई सहज हुने नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन्।
उता रसियन टोलीकी प्रशिक्षक युरी मारिचेभले नेपाली भलिबलको बारेमा थाहा नभए पनि खेललाई सहज रुपमा नलिएको बताए।
39
Shares
प्रतिक्रिया