युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताएका छन्।
आइतबार सिंहरदरबारस्थित मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताएका हुन्।
मन्त्री चौधरीले भने, ‘हामीसँग जग्गा छ। लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं। त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं।’ उनले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाए।
स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भएपनि सही उपयोग नभएको भन्दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्नसमेत निर्देशन दिए।
‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ। जसमा कहाँ के भइरहेको छ। यसको तथ्याङ्क हुनुपर्छ। सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ। त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौं’ उनले भने।
स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरा समेत फराकिलो बनाउनु पर्नेमा उाको जोड थियो।
Shares
प्रतिक्रिया