रसियन टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली राष्ट्रिय महिला भलिबल टोली पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेट २५-१४ ले सहजै गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा भने प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।
नेपालले दोस्रो सेट २५-२३ ले गुमायो। तेस्रो सेटमा रसियन टोलीविरुद्ध केही अग्रता बनाए पनि २५(२२ ले गुमाउन पुग्यो।
नेपालले आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि सोझो सेटमा पराजित भएको थियो।
नेपालस्थित रसियन दूतावासको सहयोगमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको हो।
काभा नेसन्स लिगको तयारीमा रहेको नेपालले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो।
काभा साउन १७ गतेदेखि घरेलु मैदानमा सुरु हुँदै छ।
318
Shares
प्रतिक्रिया