सन् २०३० मा हुने आईसीसी महिला टी२० विश्वकपमा सहभागी टोली बढ्ने भएका छन्।
श्रीलंकामा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को बोर्ड बैठकले ६ वर्षपछि हुने महिला विश्वकपमा १६ टोलीलाई खेलाउने निर्णय गरेको हो।
सन् २००९ मा भएको पहिलो संस्करणमा ८ टोलीले विश्वकप खेलेकामा २०१६ मा १० टोली सहभागी थिए। अब २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले खेल्नेछन्। त्यसपछि विश्वकपमा १६ टोलीले खेल्न पाउने आईसीसीले जनाएको छ।
आईसीसीको चिफ एक्जुकेटिभ्स कमिटी (सीईसी)ले आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि आठवटा क्षेत्रीय क्वालिफाइङ स्पट वितरण पनि टुंग्याएको छ।
यसअनुसार अफ्रिका र युरोपबाट समान दुई टोली, अमेरिकाबाट १, एसिया र पूर्वीएसिया प्रशान्त क्षेत्रबाट तीन टोली क्वालिफाई हुनेछन्। यसअघि एसियाबाट २ र ईएपीबाट एक टोली छुट्याइएको थियो।
948
Shares
प्रतिक्रिया