काभा यू-२० महिला भलिबल च्याम्पियसिपअन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल आयोजक मालदिभ्ससँग भिड्दै छ।
खेल मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा हुनेछ।
सोमबार भएको सेमिफाइनलमा किर्गिस्तानसँग सोझो सेटमा हारेपछि नेपाल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो।
यस्तै सोमबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकासँग सोझो सेटमा हारेको मालदिभ्स तेस्रो स्थानका लागि नेपालसँग खेल्न लागेको हो।
राउन्ड रोविनमा नेपालले मालदिभ्सलाई सोझो सेटमै हराएको थियो।
नेपाल आजको खेलमा मालदिभ्सलाई हराउँदै कास्य पदक हात पार्न चाहन्छ।
नेपालको महिला टोलीले उमेर समूहमा पहिलोपटक काभामा प्रतिस्पर्धा गरेको हो।
चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले राउन्ड रोविनमा श्रीलंकालाई मात्र १ सेटमा जितेको थियो। किर्गिस्तानसँग भने राउन्ड रोविन र सेमिफाइनल दुवै खेलमा हारेको थियो।
आजै हुने फाइनल खेलमा श्रीलंका र किर्गिस्तान भिड्दै छन्।
Shares
प्रतिक्रिया