महिला एसिया कप २०२४ मा भारतले नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको छ।
ओपनर शफाली वर्माको अर्धसतकको मद्दतमा भारतले ८ ओभरको खेल सकिँदा बिना विकेट ८१ रन बनाएको छ। भारतका लागि वर्माले २७ बलमा ५६ रन जोडिन्। उनले ८ चौका र एक छक्का प्रहार गरेकी छन्।
दयालन हेमलताले २१ बलमा २२ रन जोडेकी छन्।
नेपालले ७ जना बलर प्रयोग गर्दा पनि भारतको विकेट लिन सकेको छैन।
भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको हो।
यो समूहबाट भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान बनाइसकेका छन्।
युएई सबैखेलमा पराजित हुँदै बाहिरिसकेको छ।
75
Shares
प्रतिक्रिया