काभा नेसन्स लिगको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ।
नेपाल भलिबल संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेसन्स लिगको तयारी पूरा भएको जानकारी दिएको हो।
साउन १७ गतेदेखि सुरु हुने लिगमा नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
पत्रकार सम्मेलनमा लिगको ट्रफी समेत सार्वजनिक गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गरेका हुन्।
लिगका लागि संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा २१ वटा उपसमिति गठन भएको छ।
सात दिनसम्म चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १८ गते भारतसँग, साउन २० गते मालदिभ्स र साउन २१ गते नेपालले इरानविरुद्ध खेल्नेछ।
राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।
लिगमा आयोजक नेपालसहित श्रीलंकासहित इरान, भारत र मालदिभ्स खेल्नेछन्। नेसन्स लिगकै तयारीका लागि नेपाली महिला भलिबल टोलीले रसियासँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो।
Shares
प्रतिक्रिया