सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारत महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ।
पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८० रन मात्रै बनाउन सक्यो।
बंगलादेशका लागि कप्तान निगार सुल्तानाले सबैभन्दा धेरै इनिङ खेलिन्। निगारले ५१ बलमा ३२ रन बनाइन्।
भारतका लागि रेणुका सिंह र राधा यादव सर्वाधिक सफल बलर बने। रेणुका सिंह र राधा यादवले समान ३/३ विकेट लिए। जहाँ भारतले ८० रनको लक्ष्य ११ ओभरमा बिना विकेट गुमाएर पूरा गर्यो।
ओपनर शेफाली वर्माले २६ रन र स्मृति मन्धानाले ५५ रनको इनिङ खेलिन्।
आजै दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान भिड्दै छन्।
फाइनल खेल २७ जुलाईमा हुनेछ।
2.7k
Shares
प्रतिक्रिया