ad ad

खेल


पेरिस ओलम्पिक : नेपालले आज सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने

पेरिस ओलम्पिक : नेपालले आज सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने

नेपालखबर
साउन १३, २०८१ आइतबार ६:२९, काठमाडौँ

पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्। 

ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ। 

नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ। 

आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ। 

यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए। 
 

पेरिस ओलम्पिकको ३३ औँ संस्करणमा नेपालबाट ३ पुरुष र ४ महिला खेलाडी गरि ६ खेलका ७ खेलाडी सहभागी छन्।

पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले नेपालको चुनौती दिनेछन्। पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धा गर्नेछिन्। 

सुटिङकी सुस्मिता नेपालले १० मिटर एयर राइफल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन ४२.१९५ किलोमिटर मा नेपालको चुनौती दिनेछिन्।

सन्तोषीबाहेक सबै खेलाडी अहिले पेरिसमै छन्। सन्तोषी जुलाइ ३० मा पेरिस पुग्नेछिन्। उनको खेल अगष्ट ३१ मा रहेको छ। 

यो पटक सातै नेपाली खेलाडीको डेब्यु ओलम्पिक हो। 

सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेयता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो।

त्यसमा स्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन्। नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै स्यान्टुले पेरिस ओलम्पिक २०२४ मा स्थान पक्का गरेका थिए। गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन्। 

यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .