पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (सोमबार) नेपालका दुई खेलाडीले आफ्नो खेल प्रस्तुत गर्दैछन्।
आज जुडोकी मनिता श्रेष्ठ प्रधान र ब्याडमिनटनका प्रिन्स दाहालले आफ्नो खेल प्रस्तुत गर्न लागेका हुन्।
जुडोकी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजी मुनिको तौल समूहमा सर्वियाकी परिसिकसँग खेल्ने तालिका छ।
आजै हुने ब्याडमिन्टन अन्तर्गतको खेलमा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले समूह चरणको दोस्रो खेल खेल्दैछन्।
प्रिन्सले आज राति समूह चरणको दोस्रो खेलमा आयरल्यान्डका नियात नुयनसँग खेल्नेछन्। नुयन वरियताको ४३ औँ स्थानमा छन्।
समूह ‘पी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमन नयुनसँग खेल्नेछन्। यसअघि भएको समूह चरणको पहिलो खेलमा विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग २१–८ र २१–६ को सोझो सेटमा उनी पराजित भएका थिए।
प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा छन्। प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन्।
Shares
प्रतिक्रिया