ad ad

खेल


एएफसी च्यालेन्ज लिग प्लेअफः राष्ट्रिय खेलाडीको साथमा चर्च ब्वाइज, विदेशी खेलाडीको भरमा पारो

एएफसी च्यालेन्ज लिग प्लेअफः राष्ट्रिय खेलाडीको साथमा चर्च ब्वाइज, विदेशी खेलाडीको भरमा पारो

नेपालखबर
साउन २९, २०८१ मंगलबार ६:२७, काठमाडौँ

एएफसी च्यालेन्ज लिग प्लेअफमा आज (मंगलबार) नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसी भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। 

एकसमय अन्तराष्ट्रिय मान्यता गुमाउने संघारमा रहेको देशको एकमात्र दशरथ रगंशालाले एक वर्षका लागि मान्यता पाएको छ। एक वर्षका लागि अन्तर्राष्ट्रिय मान्यता जोगिएसँगै पहिलो पटक चर्च ब्वाइज र पारो दशरथ रगंशालामा भिड्न लागेका हुन्। 

च्यालेन्ज लिगका लागि दुवै टोली तयार छन्। शनिबार नेपाल आएको पारोले अभ्याससमेत गरेको छ। 

सिंगल राउण्डमा हुने यो खेलको विजेताले सिधै च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाउनेछ। यस्तै समूह चरणमा स्थान बनाउने टोलीले १ लाख अमेरिकी डलर पाउनेछन्। 

घरेलु मैदानमा घरेलु समर्थकका माझ चर्च ब्वाइज उत्कृष्ट प्रर्दन गर्ने योजानमा छ। अधिकांस राष्ट्रिय टोलीका खेलाडीले भरिएका चर्च ब्वाइज पारोलाई हराउँदै समूह चरणमा स्थान बनाउने योजनामा छ। लिगका लागि चर्च ब्वाइजले तिन विदेशी खेलाडी अनुबन्ध गरेको छ। 

यद्यपी चर्च ब्वाइजका लागि पारो सहज टोली भने होइन। तीन पटक विश्वकप खेलिसकेका जापानिज केइसुकी होन्डालाई पारोले लिगका लागि अनुबन्ध गरेको छ। 

उनीसँगै नेपाली लिगका अनुभवी विलियम ओपुकुसहित ११ विदेशी खेलाडीको साथमा पारो पनि बलियो बनेर नेपाल आएको छ। त्यसैले चर्च ब्वाइजलाई घरेलु मैदानमा सहजै नजितना दिने पक्षमा छैन। 

अघिल्लो सिजन नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणमा नै रोकिएको पारो यो पटक त्यो गल्ती गर्ने पक्षमा छैन। त्यसैले पनि अनुभवी विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। 

खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ टिकट मुल्य निर्धारण गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .