ad ad

खेल


टोकियो पारा ओलम्पिकका स्वर्ण पदक विजेता भारतीय खेलाडी १८ महिनाका लागि निलम्बन

टोकियो पारा ओलम्पिकका स्वर्ण पदक विजेता भारतीय खेलाडी १८ महिनाका लागि निलम्बन

भारतीय पारा ब्याडमिन्टन खेलाडी प्रमोद भगत


नेपालखबर
साउन २९, २०८१ मंगलबार १४:३७, काठमाडौँ

टोकियो पारा ओलम्पिक २०२० मा स्वर्ण पदक जितेका भारतीय पारा ब्याडमिन्टन खेलाडी प्रमोद भगतलाई १८ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

उनी विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ) एन्टी डोपिङ नियम उल्लंघनमा दोषी ठहर भएका हुन्। 

बीडब्ल्यूएफले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा यसबारे पोस्ट गरेको छ।

जसमा लेखिएको छ, ‘टोकियो २०२० मा स्वर्ण पदक विजेता भारतीय प्यारा–ब्याडमिन्टन खेलाडी प्रमोद भगतलाई १८ महिनाका लागि निलम्बन गरिएको छ। उनले १२ महिनाभित्र तीनपटक आफ्नो ठेगानाको जानकारी नदिई बीडब्ल्यूएफ एन्टी डोपिङ नियम उल्लंघन गरेका छन्।’

योसँगै प्रमोद पेरिस २०२४ को प्यारालम्पिक खेलकुदमा सहभागी हुन पाउने छैनन्।

यो प्रतियोगिता फ्रान्सको राजधानी पेरिसमा यही अगस्ट २८ मा सुरु हुँदै छ। यो सेप्टेम्बर ८ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .