ad ad

खेल


भुटानको पारोसँग चर्च ब्वाइज घरेलु मैदानमै स्तब्ध

भुटानको पारोसँग चर्च ब्वाइज घरेलु मैदानमै स्तब्ध

नेपालखबर
साउन २९, २०८१ मंगलबार १९:५६, काठमाडौँ

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्लेअफबाटै बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको हो।

पारोले भने एएफसी च्यालेन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएको छ। अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई स्तरब्ध पार्दै अघिल्लो चरणमा पुगेको हो।

खेलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा विलियन ओपुकुको गोल नै पारोका लागि निर्णायक बन्यो।

खेलको ६७ औँ मिनेटमा विलियन ओपुकुको गोलमा पारो एफसीले अग्रता दोब्बर पार्यो।

त्यसअघि खेलको ६२ औँ मिनेटमा मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो।

पहिलो हाफको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो। एरिक विष्टको लामो क्रसमा मोसेसको पासमा लाकेनले बललाई पोष्टको जाली चुमाए।

लगत्तै किंगाको गोलमा पारो बराबरीमा फर्कियो।

त्यसअघि खेलको नवौँ मिनेटमा पारोका प्रहार पहिलो बारमा लाग्दै फर्कियो। खेलको १० औँ मिनेटमा एरिक विष्टको शसक्त प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा चर्च ब्वाइजले सुरुवाती अग्रता बनाउने मौका गुमायो।

१३ औँ मिनेटमा आयुष घलानको प्रहार पारोका डिफेन्डरले क्लियर गरिदिए। खेलको १८ औँ मिनेटमा चर्च ब्वाइजले गोल गरेपनि त्यसअघि नै रेफ्रिले अफसाइडको संकेत गरेका थिए।

खेलको २४ औँ मिनेटमा पारोका कप्तान केसुके होन्डाको फ्रिकीक चर्च ब्वाइजका डिफेन्डरले क्लीयर गरिदिए। २५ औँ मिनेटमा डिबक्स नजिकैबाट केसुकेको फ्रिकीक चर्च ब्वाइजका खेलाडीले सहजै क्लियर गरिदिए।

खेलको ३० औँ मिनेटमा होन्डाको सशक्र फ्रिकीक सेकेन्ड बारमा लागेर फर्किदा पारोले अग्रता बनाउने मौका गुमायो। ३७ औँ मिनेटमा एरिक विष्टको कर्नरमा सनिष श्रेष्ठको हेडर सफल हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .