ad ad

खेल


चर्च ब्वाइजलाई हराएपछि पारोका कप्तान होन्डा भन्छन् : खेल कठिन थियो तर जितियो

चर्च ब्वाइजलाई हराएपछि पारोका कप्तान होन्डा भन्छन् : खेल कठिन थियो तर जितियो

नेपालखबर
साउन २९, २०८१ मंगलबार २०:२६, काठमाडौँ

एएफसी च्यालेन्ज लिगअन्तर्गत प्लेअफमा घरेलु मैदानमा नै चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेपछि पारो एफसीका कप्तान केसुके होन्डाले कप्तानी जिम्मेवारीले आफैँ आश्चर्यमा परेको बताएका छन्।

खेलपछि उनले भने, ‘खेल निकै गाह्रो भयो। पहिलोपटक टोलीसँग खेलेको थिएँ। क्लबले एक जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न सकेकोमा खुसी लागेको छ।’

होन्डा १० दिनअघि मात्र टोलीसँग जोडिएका थिए। होन्डा अब नेपालबाटै जापान जानेछन्।

मंगलबार भएको खेलमा चर्च ब्वाइज पारो एफसीसँग २–१ गोल अन्तरले पराजित भएको हो। हारसँगै चर्च ब्वाइज प्लेअफबाटै बाहिरिएको छ।

चर्च ब्वाइजविरुद्धको जितसँगै पारो समूह चरणमा प्रवेश गरेको छ। समूह चरणको खेल तालिका एएफसीले केही दिनमा नै सार्वजनिक गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .