म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजय सुरुवात गरेको छ।
यसै सिजन ३६ मिलियन खर्चेर टोलीमा भित्राएका जोसुआ जिर्कजी नायक बन्दा युनाइटेडले विजय सुरुवात सुखद गरेको हो।
गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुलहामलाई १–० गोल अन्तरले पराजित गर्यो।
खेलको ८७ औँ मिनेटमा जिर्कजीको निर्णायक गोलमा युनाइटेडले अंक तालिकामा खाता खोलेको हो।
जितसँगै युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित फुलहम पुछारमा छ। लिगमा आज राति ६ खेल हुनेछन्।
लिभरपुलले यसै सिजन बढुवा भएको इप्सविच टाउनसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ।
लिगभरपुलले पछिल्लो ६ वर्षमा ५ पटक बढुवा भएको टोलीसाग खेल्दै सिजनको सुरुवात गरेको छ।
इप्सविच टाउनले लिगका पछिल्ला १० सुरुवाती खेलमा हार व्यहोरेको छैन। आजै हुने अर्को खेलमा आर्सनलले वुल्भसविरुद्ध खेल्दैछ।
75
Shares
प्रतिक्रिया