नेपालले सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दिएको हो।
नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो।
एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ।
एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।
एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्नु नेपाली क्रिकेटका लागि कोसेढुंगा हुने क्यानको दाबी छ।
छनोटमा सहभागी हुने टोलीलाई स्वागत गर्न तत्पर रहेको र अन्तराष्ट्रिय मञ्चमा आफ्नो जोस देखाउन तयार रहेको क्यानले जनाएको छ।
318
Shares
प्रतिक्रिया