ad ad

खेल


भारतीय क्रिकेटर शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा

भारतीय क्रिकेटर शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा

नेपालखबर
भदौ ८, २०८१ शनिबार ९:२३, काठमाडौँ

भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।

शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन्।

उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेस्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन्।

शिखर धवनले भनेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु। मसँग सधैँ भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयाे पनि, जसका लागि म धेरै मानिसलाई धन्यवाद दिन्छु।’

शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘मेरो क्रिकेट यात्रालाई अलबिदा गर्दै यस कुराले मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु।’

शिखर धवनको भिडिओ वक्तव्य-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .