श्रीलंकामा एक दिवसीय अभ्यास खेलिरहेको नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्ध १६० रनको लक्ष्य प्रस्तुत गरेको छ।
निर्धारित ५० ओभरको खेलमा पहिले ब्याटिङको निम्ता पाएको नेपालले ४० ओभरमा उक्त लक्ष्य प्रस्तुत गरेको हो।
नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले उत्कृष्ट योगदान गरे। भुर्तेलले ५० बलमा ४३ रन र मल्लले ५५ बलमा ३५ रनको योगदान गरेका हुन्।
90
Shares
प्रतिक्रिया