ad ad

खेल


दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप भदौ २९ गते हुने

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप भदौ २९ गते हुने

नेपालखबर
भदौ २६, २०८१ बुधबार १२:१६, काठमाडौँ

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ। बागमती योग खेलकुद समितिले आगामी भदौ २९ गते तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो। 

च्याम्पियनसिपमा सहभागी हुने टोलीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रममा रहेर योगासन प्रस्तुत गर्नुपर्ने आयोजक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। 

एकल प्रतिस्पर्धा र रिदमिक समूह गरेर दुई फरक विधामा हुने यो प्रतिस्पर्धामा ९ देखि ५० वर्षमाथिका विभिन्न उमेरका फरक फरक समूहबीच खेल हुनेछ। 

पुरुष र महिलाको छुट्टाछुट्टै आयोजना हुने यो खेलका लागि ३ सय ६२ खेलाडी सहभागी हुने बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष एवं आयोजक कमिटी संयोजक केदारनाथ बस्ताकोटीले जानकारी दिए। 

‘योगलाई प्रतिस्पर्धाको माध्यमबाट अन्तर्राष्ट्रिय पहिचानमा भूमिका खेल्ने तथा हरेक उमेर समूहका नागरिकलाई योग गरेरै मेडल जित्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्नसक्ने अवसरका रुपमा लिएका छौँ,’ बस्ताकोटीले भने, ‘अहिले आयोजना हुन लागेको यो प्रतिस्पर्धाले पनि योगको महत्वलाई थप बलियो बनाउने विश्वास लिएका छौँ।’

तारकेश्वर नगरपालिका–८ स्थित टुसाल मल्टि भेन्यूमा शनिबार (भदौ २९) बिहान सात बजेबाट सुरु हुने यो प्रतियोगितामा इच्छुकलाई प्रतिस्पर्धीको रुपमा छनौट गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 

योगलाई आसनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनु आफूहरूको योग खेलकुद समितिका केन्द्रीय महासचिव चुडामणि खरेलले बताए। योगले पनि ओलम्पिकको मान्यता पाउनेगरी अगाडि बढेको र त्यसका लागि आफूहरूको निरन्तर प्रयास जारी रहेको उनले बताएका छन्। 

आयोजकका अनुसार विभिन्न दातृ निकाय र अन्य सहयोगीहरूको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो। योग खेलकुद महासंघ विसं २०७३ फागुन २३ गते खेलकुद परिषद्‌मा दर्ता भई योगको आसनमार्फत खेललाई अन्तर्राष्टियकरणमा लागेको छ। 

अन्तर्राष्ट्रिय योग खेलकुद महासंघमा आबद्ध यस संस्थाले विश्वकपमा पनि सहभागिता जनाएको थियो। सन् २०२२ डिसेम्बरमा भारतको बैंग्लोरुमा भएको प्रतियोगितमा १७ जना खेलाडी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .