ad ad

खेल


वैकल्पिक खेलाडीले निर्णायक गोल गर्दा चेल्सी हारबाट जोगियो

वैकल्पिक खेलाडीले निर्णायक गोल गर्दा चेल्सी हारबाट जोगियो

नेपालखबर
भदौ ३०, २०८१ आइतबार ६:५४, काठमाडौँ

वैकल्पिक खेलाडी क्रिस्टोफर न्कुन्कुको निर्णायक गोलमा चेल्सी प्रिमियर लिगमा हारबाट जोगिएको छ।  शनिबार राति भएको खेलमा चेल्सीले बर्नमाउथमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो। 

खेलको ८६ औँ मिनेटमा न्कुन्कुको गोलमा चेल्सीले लिगमा दोस्रो जित दर्ता गरेको हो। न्कुन्कुले प्रिमियर लिगको १४ औँ पँहलो कार्डसहित चेल्सीलाई हारबाट जोगाएका थिए। 

गएराति नै भएको अर्को खेलमा लिभलपुल नटिङ्घम फरेष्टसँग १–० ले स्तब्ध भएको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले सिजनको पहिलो हार व्यहोरेको हो। 

लिभरपुलले पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। खेलको ७२ औँ मिनेटमा क्यालम हडसन ओडोइको गोलमा नटिङ्घम फरेष्टले लिगमा अपराजित यात्रालाई कायम राखेलको छ। 

नटिङ्घम फरेष्टसले लिगका चारमा खेलमा दुई खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ। ८ अंकमा रहेको नटिङ्घम फरेष्ट अंक तालिकाको पाचौँ स्थानमा छ। 

गएराति कै अर्को खेलमा म्यानेचष्र सिटीले ब्रेनफोर्डलाई २–१ गोल अन्तरले पराजित गर्यो। अर्को खेलमा म्यानचेष्टर युनाइटेडले साउथहेप्टनमाथि ३–० को फराकिलो जित दर्ता गर्यो। एष्टोन भिल्लाले भने एभर्टनमाथि ३–२ को संर्घषपुर्ण जित निकाल्यो। 

यस्तै  ब्राइटन र एप्सविच टाउनले गोलरहित तथा क्रिष्टल प्यालेस र लेष्टर सिटीले २–२ को बराबरी गर्दै अंक बाँडे। फुलहाम र वेष्ट ह्यामको खेल भने १–१ को बराबरीमा सकियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .