सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै वालिङ नगरपालिकाले एन्फा महिला लिगमा तेस्रो जित दर्ता गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा वालिङले सुदूरपश्चिमलाई ५–१ को फराकिलो अन्तरले हराएको हो।
वालिङको जितमा भायोला नामुड्डुले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १८,४२ र ४५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।
पहिलो हाफको इन्ज्युरी समयमा ज्याकलिनले एक गोल थप्दै वालिङलाई ४–० को अग्रता दिलाईन्।
खेलको ५० औँ मिनेटमा सुष्मा तामाङको गोलमा वालिङले ५–० को फराकिलो अग्रता बनायो। तर खेलको ६२ औँ मिनेटमा रितिका कार्कीले सुदुरपश्चिमका लागि शात्वना गोल फर्काइन्।
जितसँगै वालिङ अकं तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ३ खेलमा जित र २ खेलमा हार भोगेको वालिङ ९ अंकमा तालिकाको पाँचौ स्थानमा छ। शीर्ष तीनमा विभागीय टोलीको दबदबा हुँदा चौथो स्थानमा कोशी प्रदेश रहेको छ।
Shares
प्रतिक्रिया