यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले कराबागमाथि सहज जित निकालेको छ।
घरेलु मैदानमा भएको लिग चरणको खेलमा टोटनहमले कराबागमाथि ३–० को सहज जित निकालेको हो।
पहिलो हाफको सातौँ मिनेटमा नै टोटनहम १० खेलाडीमा सिमित बनेको थियो। डिफेन्डर राडु ड्रागुसिन जुनिन्होले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि घरेलु टोलीलाई ठुलो झड्का लागेको थियो।
यद्यपी त्यसको ५ मिनेटपछि नै घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको १२ औँ मिनेटमा ब्रेनान जोन्सनको गोलमा टोटनहमले अग्रता लिएको थियो।
खेलको ५२ औँ मिनेटमा पेपे सरको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। खेलको ६८ औँ मिनेटमा सोलाङ्केको गोलमा टोटनहमले ३–० को आरामदायी अग्रता बनाएको थियो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा १० खेलाडीमा सिमित भएपनि टोटनहमले सहज जित निकालेको हो।
गएराति भएकै खेलमा अजाक्सले बेसिक्टसमाथि ४–० को फराकिलो जित दर्ता गर्यो।
Shares
प्रतिक्रिया