ad ad

खेल


१४औँ संस्करणको आईपीएल अक्सन फेब्रुअरी १८ मा

१४औँ संस्करणको आईपीएल अक्सन फेब्रुअरी १८ मा

नेपालखबर
माघ १४, २०७७ बुधबार १०:२६,

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको अक्सन आगामी फेब्रुअरी १८ मा चेन्नईमा हुने भएको छ।

इन्डियन प्रिमियर लिगले बुधबार आईपीएल अक्सन १८ फेबु्रअरी मा चेन्नईमा हुने सामाजिक सञ्जालमार्फत जनाएको हो।

आईपीएल अक्सनको लागि सबै टोलीले खेलाडी फुकुवा (रिलिज) र रहने (रिटेन) गरिसकेका छन्।

आगामी संस्करणका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको छ। यो पटक सन्दीप पनि अक्सनमा सहभागी हुनेछन्। सन्दीप अक्सनमा जाने हुँदा यो पटक अक्सनलाई नेपालीले महत्वपूर्ण रुपमा हेरेका छन्।

दिल्लीले सन्दीपलाई सन् २०१८ मा ३२ लाख नेपाली रुपैयाँमा टोलीमा अनुबन्ध गरेको थियो। त्यसवर्ष सन्दीपले ३ खेलमा मौका पाउँदा ५ विकेट लिएका थिए।

सन् २०१९ को आइपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए। दिल्लीले यो संस्करण सन्दीपलाई कुनै खेलमा मौका दिएन। समग्रमा सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .