साबिकको विजेता चिलीले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार बिहान भएको खेलमा अतिथि टोली जापानलाई ४-० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुवात गरेको हो।
चिलीका लागि एड्वार्डो भर्गासले दुई गोल तथा एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे।
जितसँगै समूह 'सी' को चिलीले पहिलो खेलबाटै ३ अंक जोडेको छ। आमन्त्रित टिमको रुपमा कोपा खेलिरहेको जापानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
प्रतियोगितामा एसियाबाट जापान र कतार पाहुना टोलीका रुपमा खेलिरहेका छन्।
प्रतिक्रिया