एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीच मूलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन सकेको छैन।
मैदानमा पानी परेपछि पिच छोपिएको छ। सोमबार बिहान ९ बजे सुरु हुने भनिएको खेलमा अझै टस हुन नसकेको हो।
वर्षाका कारण मैदान भिजेकाले अझै टस हुन नसकेको हो।
काठमाडौँ उपत्यकासहितका ठाउँमा वर्षा जारी छ। माथिल्लो मूलपानी मैदानमा हुने खेलमा नेपाल साउदीलाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ।
उता कीर्तिपुरमा पनि समूह बी अन्तर्गत बहराइन र हङकङबीचको खेलमा पनि पानीका कारण टस हुन सकेको छैन।
उता साउदी पनि उपाधि दाबेदार मानिएको नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा छ।
समूह 'ए' मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा चौथो स्थानमा छ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।
साउदी भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।
Shares
प्रतिक्रिया