विश्वकप फुटबल सुरु हुन १० दिन बाँकी हुँदा टोली घोषणा धमाधम भइरहेको छ। साबिक उपविजेता क्रोयसियाले पनि आफ्नो टोली घोषणा गरेको छ।
क्रोएसियाले मिडफिल्डर लुका मोड्रिचको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हो। मोड्रिचकै कप्तानीमा रुस विश्वकपमा क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको थियो।
क्रोयसिया रहेको समूह एफ मा बेल्जियममा बलियो मानिएको छ। बेल्जियमसँगै क्रोयसिया अन्तिम १६ मा पुग्ने अनुमान गरिएको छ। यहि समूहमा क्यानडा र मोरक्को पनि छन्। क्रोयसियाले मंसिर ७ गते दिउँसो ३ः४५ बजे मोरक्कोसँग पहिलो खेल खेल्नेछ।
टिम क्रोयसिया
गोलरक्षक : डोमिनिक लिभाकोभिक, इभिका इभुसिक, इभो ग्रबिक
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोर्ना बारिसिस, जोसिप जुरानोभिक, बोर्ना सोसा, जोसिप स्टानिसिस, मार्टिन इर्लिक, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रिक, माटिओ कोभासिस, मार्सेलो ब्रोजोभिक, मारिओ पासालिक, निकोला भ्लासिक, लोभ्रो मेजर, क्रिस्टिजन जकिस, लुका सुसिक
फरवार्ड : इभान पेरिसिक, आन्द्रेज क्रामारिक, ब्रुनो पेटकोभिक, मिस्लाभ ओर्सिस, एन्टे बुडिमिर र मार्को लिभाजा
प्रतिक्रिया