घरेलु मैदानमा अर्को साता सुरु हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। सो खेल फागुन ३ गते हुनेछ।
दोस्रो खेलमा ५ गते नेदरल्यान्डसँग खेल्ने तालिका छ। ९ गते नामिबियासँग र लिगको अन्तिम खेलमा १३ गते नेदरल्यानडसँग नै खेल्नेछ।
त्रिकोणात्मक सिरिज फागनु ३ देखि १३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
त्रिकोणात्मक सिरिजका लागि नेपालले यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
त्रिकोणात्मक सिरज असिरिज अघि नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ।
सिरिज खेल्ने नेपाली टोली :
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल।
वैकल्पिक खेलाडी : प्रतिश जिसी, देव खनाल, अनिल शाह र विवेक यादव।
Shares
प्रतिक्रिया