दार्चुलामा शनिबार तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।
व्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।
भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका थिए।
बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयबासीको सहयोगमा शव फेला परेको हो।
खसेको ठाउँ भन्दा करिब एक किलोमिटर तल महाकाली नदीको भारततर्फको तीरमा शव स्थानीयले भेटेको र अहिले नेपालतर्फ शव ल्याइएको प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।
उनका अनुसार भन्डारी तुइन चढदा चिप्लिएर नदीमा खसेको जानकारी प्राप्त भएको थियो।
60
Shares
प्रतिक्रिया