बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आइतबार दिउँसो मेलौली नगरपालिका– ५ अर्जुन अदल्लेको भिरबाट लडेर १९ वर्षीय प्रेम कलौनीको मृत्यु भएको हो।
कलौनी पञ्चेश्वर गाउँपालिका– ५ बलाराका हुन्। भिरबाट करिब ८ सय मिटर तल खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
प्रतिक्रिया