ad ad

सुदूरपश्चिम


सुदूरको पीडा : अस्पताल लैजाँदै थिए, बाटोमै बच्चा जन्माइन् बिमलाले (भिडिओ)

सुदूरको पीडा : अस्पताल लैजाँदै थिए, बाटोमै बच्चा जन्माइन् बिमलाले (भिडिओ)

नेपालखबर
साउन २०, २०८० शनिबार १६:६, कञ्चनपुर

डडेल्धुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्।

जिल्लाको परशुराम नगरपालिका-८ अ‍ैडुङ्ग्राकी बिमला नेगीले अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चालाई जन्म दिएकी हुन्।

प्रसव पीडा सुरू भएपछि उनलाई स्टेचरमा बोकेर अस्पतालतर्फ लगिँदै थियो। त्यही क्रममा अस्पताल नपुग्दै बाटोमै महिलाले बच्चालाई जन्म दिएको स्थानीय मनोज कार्कीले जानकारी दिए। 

भौगोलिक विकटताका साथै वर्षाले ग्रामीण सडक बिग्रिएको परशुराम नगरपालिका-८ का अध्यक्ष दिनेश प्रसाद जोशीले बताए।

एक महिनाअघि पनि परशुराम नगरपालिका-८ की एक महिलाले बाटोमै बच्चा जन्माएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .