अछाममा अरिङ्गालले चिलेर एकजनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो।
बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि कुँवर सख्त घाइते भएका थिए।
उपचारका क्रममा बयालपाटा अस्पतालमा उनको मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। रासस
54
Shares
प्रतिक्रिया