कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगी रोगको संक्रमणबाट गएराति मृत्यु भएको छ।
बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा खत्रीको मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।
भारतबाटै डेंगीको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए।
डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।
45
Shares
प्रतिक्रिया