ad ad

सुदूरपश्चिम


बझाङ भूकम्प : अस्पताल प्राङ्गणमै गराइयो सुत्केरी, घाइते ५ जनालाई भर्ना गरियो

बझाङ भूकम्प : अस्पताल प्राङ्गणमै गराइयो सुत्केरी, घाइते ५ जनालाई भर्ना गरियो

नेपालखबर
असोज १६, २०८० मंगलबार १६:५८, कञ्चनपुर

बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको हो। 

‘लगातार भूकम्प जान थालेपछि भवन हल्लिन थाले, सबै बिरामीलाई हामीले भवन बाहिरि राख्यौँ,’ जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिडेन्टेन्ट डा. इन्द्र शाहले भने, ‘उहाँलाई ब्यथा लागिसकेको थियो, प्राङगणमै सुत्केरी हुनुभयो।’

उनका अनुसार आमा र बच्चाको अवस्था सामान्य छ।

मंगलबार चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बझाङमा ठाउँ ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

जमिन चिरा परेको छ। भूकम्पपछि त्रसित स्थानीय डरले घर बाहिरै बसेका छन्। अहिलेसम्म मानविय क्षतिको पूर्ण विवरण आएको छैन।

जिल्ला अस्पताल बझाङमा भूकम्पबाट घाइते भएका ५ जना उपचारका लागि भर्ना भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .