ad ad

सुदूरपश्चिम


भूकम्प पीडितलाई नभेटेको भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन (भिडिओ)

भूकम्प पीडितलाई नभेटेको भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन (भिडिओ)

नेपालखबर
असोज १९, २०८० शुक्रबार २१:२, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पले क्षति पुर्‍याएको अवलोकनका लागि शुक्रबार बझाङ आए। नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका दाहालका साथमा अन्य मन्त्रीहरू पनि थिए।

दिउँसो प्रधानमन्त्री दाहालसहितको टोलीले सदमुकाम चैनपुरस्थित भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा पुगे। 

त्यहाँको जयपृथ्वी क्याम्पसमा पुर्‍याएको क्षति अवलोकन गरेका प्रधानमन्त्री दाहालले अन्य क्षेत्रको अवलोकन भिडिओ र तस्बिरमार्फत गरे।

अन्तक्रियामा सम्बोधन गर्दै राहत प्याकेज घोषणा गरेर दाहाल काठमाडौँ फर्किए। जिल्ला विपद् व्यवस्थापनसँग अन्तक्रिया गर्न दाहाल प्रशासन पुगेका बेला प्रशासन बाहिर केही स्थानीय युवाले विरोध गरे। 

भूकम्प पीडित र विस्थापित भएका परिवारलाई नभेटेर प्रशासनमा बसेको भन्दै स्थानीय युवाहरू आक्रोशित थिए। कुरा सुन्न आएका स्थानीयलाई अनुहार नै नदेखाएर प्रशासन छिरेको भन्दै प्रधानमन्त्री दाहाल प्रशासनभित्र रहेका बेला बाहिर रहेका युवाहरु भित्र प्रवेश गर्न खोजे। 

सुरक्षाकर्मीले रोक्न खोजेपछि केहीसमय प्रशसन बाहिरिको माहोल तनाव बनेको थियो। प्रशासनको मूलगेटमा लात्ता हानिरहेका युवा र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो। 

प्रशासनबाहिर भेला भएकामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘मापस सेवन गरेर उदण्ड गर्दै थिए, हामीले नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .