कञ्चनपुरमा एक लाखभन्दा बढी नगद रुपैयाँ र ताससहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ जामिरगाडास्थित जंगलमा तास खेलिरहेका ६ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भीमदत्त–९ का भवानी सिंह बुढा, भीमदत्त–६ का खेमराज लेखक, भीमदत्त–२ का लाल बहादुर चौधरी, भीमदत्त–४ का दामोदर भट्ट, भीमदत्त–१० का सुरज भट्ट र दोधारा चाँदनी नगरपालिका–४ का सुनिल विक छन्।
शनिबार राति जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट १ लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
132
Shares
प्रतिक्रिया