सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन सीटका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो।
अन्यतर्फ ईश्वरी खरेल (कञ्चनपुर), महिलातर्फ सावित्री घिमिरे (कैलाली) र अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली)लाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुमध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो।
राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीनजनाको समयावधि अगामी फागुन २० मा सकिँदैछ। राष्ट्रियसभा चुनाव माघ ११ गते तोकिएको छ।
54
Shares
प्रतिक्रिया